मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पहिरो खस्दा पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध

पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

सेती नदी किनारमा महिलाको शव फेला

जिल्लाको शिखर नगरपालिका वडा नम्बर १० बान्डुग्रीसैनस्थित सेती नदी किनारमा अन्दाजी ३६ वर्षीया महिलाको शव फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

'स्टारडम' भुलेर शिक्षक बनेका प्रदीप

नेपाली सिने उद्योगका स्टार र चकलेटी नायकको उपमा पाएका प्रदीप खड्का जुम्लालाई आधार बनाएर कोरिएको ‘प्रकाश’ चलचित्रको पर्दामा स्थानीय भाषा र जीवनशैलीलाई हुबहु उतार्न सफल भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

आइतबारदेखि बजेट भुक्तानी नहुने

आइतबारदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

कवितामार्फत राज्यलाई प्रश्न तेर्स्याइरहेको 'कसन'

लेखक नेपाली यसरी पुस्तकको नामबारे धेरैको जिज्ञासा रहेको पाउँदा आफ्नो क्षेत्रको आञ्जलिक शब्दप्रति न्याय भएको आभास रहेको बताउँछन्। 'कसनको अर्थ किन नगरेको भन्ने हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

सिन्जोको निधनमा सरकारले आज राष्ट्रिय शोक मनाउने

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

बाजुराको बुढीगंगा १० मा एमाले उम्मेदवार साउद विजयी

बाजुराको बुढीगंगा नगरपालिका-१० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

बाजुराको बुढीगंगामा एमाले उम्मेदवारलाई ४३९ मतको आग्रता

बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

देशका अधिकांश स्थानमा वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

सिन्जो आबे : जापानी ‘जनताका राजकुमार’

जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ। जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आवे आम नागरिकका विचमा निकै लोकप्रिय नेता थिए।
नेपाल समय संवाददाता | शनिबार, असार २५, २०७९

लेन अनुशासनमा ट्राफिकको कडाइ

ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई पहिलोपटक रु ५००, दोस्रो पटक रू एक हजार र तेस्रो पटकपछि रु एक हजार ५०० जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

नयाँ नागरिकता विधेयकमा के छ? [पूर्णपाठसहित]

सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ। चार वर्षदेखि संसदले काम गरिसकेको नागरिक विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक पुनः संसदमा दर्ता गराएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

कांग्रेस उपसभापतिले भने - निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्काले वर्तमान सरकार बन्‍नुअघि संविधान,नियम कानुन सबै मिचिँदै गएपछि तत्कालीन बाध्यत्मक परिस्थितीले गर्दा वर्तमान गठबन्धन बनेको पनि उनले स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

चौथो लहरको पूर्वसंकेत दिँदै कोरोना फैलावट !

विभिन्न अनुसन्धानका अनुसार ओमिक्रोनको उपप्रजाति बीए फाइभ संक्रमितमा देखिने लक्षण अन्य भेरियन्टभन्दा फरक देखिएको छ। यसमा घाँटी दुख्ने, टाउको दुख्ने, सोच्ने क्षमता कम हुने, उदास हुनेलगायतका लक्षण देखिएको स्वास्थ्यविज्ञ सुनाउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

पत्रकारितामा डिजिटल थ्रेट बढ्दो

पछिल्लो समय पत्रकारिता डिजिटल माध्यमको रुपमा विकास भएसँगै पत्रकारमाथि हुने डिजिटल थ्रेट पनि बढ्दै गएको छ। फ्रिडम फोरमले देशको सातै प्रदेशका १०० पत्रकारमाथि गरेको अध्ययनबाट पत्रकारले पत्रकारितामार्फत हुने डिजिटल थ्रेट...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

थप चार जनामा हैजा, बिरामी संख्या २७ पुग्‍यो

काठमाडौं उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

त्रिविमा यस वर्ष ६३ हजार विद्यार्थी दीक्षित हुने, व्यवस्थापनका धेरै

त्रिभुवन विश्वविद्यालयमा यस वर्ष हुने ४८औँ दीक्षान्त समारोहमा विभिन्न तहका परीक्षामा उत्तिर्ण गरी ट्रान्सक्रिप्ट लिएका ६३ हजार १३७ विद्यार्थीले भाग लिने भएका छन्। यो संख्या गत ४७ औँ दीक्षान्त समारोहको...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९

रुपन्देहीमा सिकलसेलका बिरामी बढे

जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो। स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार जिल्लामा २७ रोगी रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९