काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिका-१० मा नेकपा एमालेका उम्मेदवार दलबहादुर साउद निर्वाचित भएका छन्।
कांग्रेसका मोहनबहादुर बुढालाई पराजित गर्दै साउद विजयी भएका हुन्। विजयी दलबहादुर साउदले ५ सय ४८ मत ल्याए भने मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे।
नगर प्रमुखमा भने एमालेबा रामबहादुर बाँनिया कांग्रेसबाट रंगबहादुर खाति चुनावी प्रतिस्पर्धामा छन्। यसअघि बुढीगंगा-१ मा पनि एमाले विजयी भइसकेको छ।