बिहीबार, असोज ११, २०८०

'स्टारडम' भुलेर शिक्षक बनेका प्रदीप

नेपाली सिने उद्योगका स्टार र चकलेटी नायकको उपमा पाएका प्रदीप खड्का जुम्लालाई आधार बनाएर कोरिएको ‘प्रकाश’ चलचित्रको पर्दामा स्थानीय भाषा र जीवनशैलीलाई हुबहु उतार्न सफल भएका छन्।
 |  शनिबार, असार २५, २०७९
averest bankaverest bank

राज सरगम

राज सरगम

शनिबार, असार २५, २०७९

जुम्लाको क्यानाभासमा विकास सुवेदीले ‘प्रकाश’को पटकथा लेखिरहँदा अभिनेता प्रदीप खड्कासँगै हुन्थे। प्रकाशमा शिक्षक चरित्रमा प्रदीपलाई ल्याउन विकासलाई रहर थियो। प्रदीप पनि पटकथा लेखनको क्रममा सँगसँगै जस्तो भएकाले प्रकाशको शिक्षक आफूलाई नै देख्न थालेका थिए। 

sagarmatha cement

प्रकाश निर्देशक दिनेश राउत प्रदीपलाई लिएर कुनै वायोपिक सिनेमा गर्न चाहेका थिए। पटकथामा पनि एक चरण बसेका थिए। प्रदीप पनि तयार थिए । तर प्राविधिक कारणले त्यो सिनेमा रोकिएपछि प्रदीप र दिनेशको काम गर्ने धोको अधुरै रह्यो। प्रदीप प्रेमगीत–३ मा व्यस्त भए। प्रेमगीत–३ को छायांकन सकिएपछि पोस्ट प्रडक्सनसँगै कोरोनाका कारण बन्दाबन्दी भयो। सहरको कथा फिल्ममा देखाउन सिपालु दिनेश केही फरक कथामा काम गर्न चाहेका थिए। अचानक विकासले सुनाएको जुम्लाको कथामा ‘कन्भिन्स’ भए, दिनेश। 

पटकथा लेखनमा विकास प्रदीपलाई सम्झिन्थे। दिनेश पनि मनमनै प्रदीपलाई नै सोचेका थिए। खासमा यसरी सोचिनुको कारण प्रदीपले नै दिनेश र विकासलाई प्रस्ताव गरेका थिए, मौलिक कथामा काम गर्न। हुन त, दिनेश प्रदीपलाई जिस्किने पारामा ‘एक्टर’ बन्नुपर्‍यो भनिरहन्थे। 

‘कोसिस गरिरहेको छु’, प्रदीप पनि हाँसेरै टार्थे। 

राउत र खड्काको सम्बन्धको कारण काम गर्न चाहिरहेका बेला विकासको जुम्लाको कथाले जोड्यो। तर स्वयं कलाकार छनोट गर्न डराए, दिनेश। अनि विकास र निर्देशक दिनेश राउत अभिनेता तथा निर्देशक अनुप बराललाई भेट्न पोखरा पुगे। 

पोखरामा थियटर बनाउने सपना बोकेर गाउँ फर्किएका अनुप बराललाई ‘कास्टिङ डाइरेक्टर’को जिम्मा दिए, दिनेशले। अनुपले सबै स्क्रिप्ट पढेपछि कास्टिङका लागि अडिसन लिन चाहे। निर्देशकीय टिमलाई अडिसनबाट प्रदीप छानिने/नछानिनेमा डर थियो। 

लेखक सुवेदी र निर्देशक राउतले अडिसन दिन सक्छौ भनेर प्रदीपलाई सोधे। यसरी सोधिनुको कारण प्रदीप अडिसनको झमेलामा पर्न नसक्ने हो कि भन्ने थियो। उनलाई फिल्मको कमी थिएन। छानीछानी  चलचित्र गर्छु भन्दा पनि दर्जन चलचित्रका स्क्रिप्ट थिए, प्रदीपसँग। 

प्रदीपले पहिलो फिल्म ‘स्केप’मा अडिसन दिनु परेन, जुन उनको आफ्नै फिल्म थियो। केही सीमित साथीहरूको साथ र सहयोगले बनेको ‘स्केप’ले खास कमाल गरेन। तर उनको चकलेटी अनुहार र अभिनयको जादूले चलचित्रकर्मीको नजर अडियो। त्यसैले प्रदीपले चलचित्र ‘प्रेमगीत’का लागि पहिलो पटक अडिसन दिएका थिए। ‘प्रेमगीत’ले व्यावसायिक सफलता पाएँसगै प्रदीप व्यवसायिक कलाकार बने। त्यसपछि उनको हातमा कयौं महँगा चलचित्र आए र प्रेमगीत सिरिज बन्दै गयो। तर प्रदीपले खेलेको प्रेमगीत–१ र प्रेमगीत–२ ले बाहेक अन्य चलचित्रले व्यावसायिक सफलता पाउन सकेनन्। प्रेमगीत–३ प्रदर्शनमा आउनै बाँकी छ। 

न उनको लुक्स फेरिएको थियो, न त उनले खेलेको फिल्मका कथा नै फेरिएका थिए।  प्रदीपले मौलिक कथामा काम गर्ने सोच बनाइरहेका बेला प्रकाशलाई गुमाउन चाहेनन्। दिनेश र प्रदीपको सम्बन्धलाई नजिकबाट बुझेका विकासले पनि सहयोग गरे, प्रदीपलाई। 

नेपाली सिने उद्योगका स्टार र चकलेटी नायकको उपमा पाएका प्रदीप खड्का जुम्लालाई आधार बनाएर कोरिएको ‘प्रकाश’ चलचित्रको पर्दामा स्थानीय भाषा र जीवनशैलीलाई हुबहु उतार्न सफल भएका छन्। 

प्रदीपले अडिसन दिनुअघि बरालबाटै अभिनय कक्षा लिन चाहे। दुई महिनाको अभिनय कक्षा लिन प्रदीप पोखरा पुगे। दुई महिनाको अभिनय कक्षा सकेर प्रदीपले प्रकाश फिल्मको शिक्षक पात्रका लागि अडिसन दिए। लेखक विकासका अनुसार प्रदीपले पहिलोपल्ट आमासँग बोलिनुपर्ने संवाद बोल्दा कमजोर अभिनय थियो। तर दोस्रोपल्ट दिएको अडिसनमा प्रदीपले अनुपको मन जितिछाडे। 

अन्त्यमा शिक्षक चरित्रका लागि प्रदीप छानिए। यसपछि विकाससँगै प्रदीप जुम्ला पुगे। त्यहाँको स्थानीय भाषा र जीवनशैलीलाई आफूमा ढाल्दै गए। विकासका अनुसार प्रदीप छिटो सिक्न सक्छन्। उनले जुम्लाकै एक ड्राइभरको संगत गरेर जुम्ली भाषा सिकेका थिए। आफ्नो स्टारडम भने भुले। 

जुम्लाको एक गाउँमा छायांकन गरिरहँदा प्रदीपको लगाव र चरित्रप्रतिको इमानदारीले युनिटकै मन जितेका थिए। 

पोस्टर, ट्रिजर एवं गीतको भिडियोमा प्रदीपको अभियन र पहिरन देख्दा दर्शकहरू  चकित छन्। स्टारडमको चर्चा हुन्थ्यो, उनै ‘स्टार’ एकाएक बदलिएको प्रकाशको ‘जोर मैना’ बोलको गीतमा गरेको अभिनयले पनि बताउँछ। 

मिहिनेत र कलाप्रतिको इमानदारीमा विश्वास राख्दै यस क्षेत्रमा केही स्थान बनाउन गरेको संघर्षबारे सम्झिए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रकाशका कारण कला र कलाकारिताप्रतिको हेर्ने दृष्टिकोणमै परिवर्तन आएको छ।’ 

उनले एउटा पात्रमार्फत सम्पूर्ण कथा नै जीवन्त भइदिन सक्छ भन्ने मान्यतालाई आत्मासात् गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहसमेतलाई बुझ्ने उद्देश्यले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कयौं दिन बिताएको सम्झिए, ‘एउटा कलाकारले पात्र र कलाकारिता कसरी लिनुपर्दछ भन्ने मेरो सोचमै नयाँ आयाम थपिएको महुसस गरेको छ।’ 

भदौ १० देखि प्रदर्शनमा आउने प्रकाशको पहिलो पोस्टर सार्वजनिक भएसँगै धेरै झुक्किए– प्रदीप यस्तो लुक्समा? 

चकलेटी अनुहारको नायकको उपमा पाएका प्रदीप नेपाली उद्योगमा ‘स्टार’ नै कहलिएका थिए, जो युरोपको सहरदेखि मनाङ, मुस्ताङका अग्ला हिमाली भेगमा सुटबुट लगाएर नायिकालाई अँगालो हाल्दै नाच्ने उनले कस्टम मात्रै फेरेका छैनन्। भव्य सेटमा खिचिएको प्रेमगीत–३ मा कस्टम फेरेका प्रदीपले ‘प्रकाश’मा आएर ‘लुक्स’ र ‘भाषा’ नै फेरे। 

प्रकाशले बक्स–अफिसमा कति कमाल गर्छ, चलचित्र प्रदर्शनमा आएपछि थाहा होला। तर कथा छनोटमा प्रदीप गम्भीर हुँदै छन् भन्ने छनक देखिँदै छ।

प्रकाशित: Jul 09, 2022| 07:51 शनिबार, असार २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

संविधानसभाध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङको अकस्मात निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो। 
पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

क्षणभरमा पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।
बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्।