आइतबार, असार ७, २०८३

सिन्जोको निधनमा सरकारले आज राष्ट्रिय शोक मनाउने

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति नेपाल सरकारले आज राष्ट्रिय शोक मनाउने भएको छ।

National life

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

'मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ। उहाँको निधनप्रति गहिरो दु:ख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,' मन्त्रिपरिषद्ले निर्णय गर्दै भनेको छ।

आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले आबेको निधनप्रति दु:ख व्यक्त गर्दै आबे नेपालको एक असल मित्र पनि भएको बताएका थिए। उनले भनेका थिए, 'आबे एक विश्‍वका प्रसिद्ध नेता मात्र नभएर नेपालको एक असल साथी पनि थिए।' 

शुक्रबार बिहान गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको  शुक्रबार दिउँसो निधन भएको थियो। 

Shivam cement

नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेका उनलाई तत्काल एम्बुलेन्समा हालेर अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गएका थिए।

नारा सहरमा पुनः हुन लागेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए आबे। आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

६७ वर्षका आबेले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए।

प्रकाशित: Jul 09, 2022| 06:51 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...