सोमबार, जेठ ४, २०८३

पत्रकारितामा डिजिटल थ्रेट बढ्दो

पछिल्लो समय पत्रकारिता डिजिटल माध्यमको रुपमा विकास भएसँगै पत्रकारमाथि हुने डिजिटल थ्रेट पनि बढ्दै गएको छ। फ्रिडम फोरमले देशको सातै प्रदेशका १०० पत्रकारमाथि गरेको अध्ययनबाट पत्रकारले पत्रकारितामार्फत हुने डिजिटल थ्रेट भोग्नुपरेको विषय सार्वजनिक गरेको हो।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- पछिल्लो समय पत्रकारिता डिजिटल माध्यमको रुपमा विकास भएसँगै पत्रकारमाथि हुने डिजिटल थ्रेट पनि बढ्दै गएको छ। फ्रिडम फोरमले देशको सातै प्रदेशका १०० पत्रकारमाथि गरेको अध्ययनबाट पत्रकारले पत्रकारितामार्फत हुने डिजिटल थ्रेट भोग्नुपरेको विषय सार्वजनिक गरेको हो। 

National life

फ्रिडम फोरमले काठमाडौँको बबरमहलमा आयोजना गरेको नेपाली पत्रकारितामा डिजिटल असुरक्षाको चुनौतीसम्बन्धी छलफलमा अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा प्रविधिको विकाससँगै पत्रकारले पनि यस क्षेत्रमा भोग्नुपरेको समस्या र अवस्थाको बारेमा जानकारी गराएको थियो।

प्रविधिको विकाससँगै डिजिटल क्षेत्रमा पत्रकारले भोग्नुपरेका विभिन्न समस्याको बारेमा फ्रिडम फोरमले ३४ महिला पत्रकार र ६६ परुष पत्रकारमाथि अध्ययन गरेको हो । प्रतिवेदनमा सबैभन्दा बढी अनलाइन मिडियामा काम गर्ने पत्रकारले बढी डिजिटल थ्रेट भोग्नुपरेको उल्लेख गरेको छ। ६० प्रतिशत अनलाइनमा काम गर्ने, साप्ताहिक पत्रिकामा काम गर्ने २२ प्रतिशत, व्यापारिक रेडियोमा काम गन १९ प्रतिशत, सामुदायिक रेडियोमा काम गर्ने ८ प्रतिशत पत्रकारले डिजिटल थ्रेट भोग्नु परेको प्रतिवेदनले देखाएको छ। 

प्रतिवेदनअनुसार सबैभन्दा बढी रिर्पोटिङमा खटिने पत्रकारले डिजिटल थ्रेटको सामान गर्नुपरेको छ। ५६ प्रतिशत समाचार सङ्कलनमा खटिने पत्रकार, ३४ प्रतिशत सम्पादक, दुई प्रतिशत कार्यक्रम प्रश्तोताले पनि उक्त समस्याको सामना गर्नुपरेको छ। नेपाली भाषाबाट प्रकाशित हुने समाचार संस्थामा काम गर्ने ९३ प्रतिशत पत्रकारले र अङ्ग्रेजी भाषामा काम गर्ने तीन प्रतिशत पत्रकारले डिजिटल थ्रेटको समस्या खेप्दै आएका छन्। 

जसमा पत्रकारले लैङ्गिक हिंसा, भौतिक आक्रमण, ह्याकिङदेखि भाइरस आक्रमणसम्मको समस्या खेप्नुपरेको प्रतिवेदनले औंल्याएको छ। फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली, राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिलगायत आफ्नो धारण राखेका थिए।

प्रकाशित: Jul 08, 2022| 22:00 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।