आइतबार, असार ७, २०८३

आइतबारदेखि बजेट भुक्तानी नहुने

आइतबारदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९
National life
Shivam cement

काठमाडौं- आइतबारदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले भरे रातिदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निर्देशन दिएको छ।

प्रदेश, जिल्ला र पालिकाहरूले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार निर्देशन दिइएको महालेखा कार्यालयले जनाएको छ।

महालेखा नियन्त्रण कार्यालयको निर्देशनअनुसार शुक्रबार नै लेखा नियन्त्रक कार्यालय र इकाइहरूले आफ्नो प्रणाली बन्द गरिसकेका छन्। केही निश्चित प्रयोजनको बिल भने भुक्तानी हुने व्यवस्था नियमावलीमा छ।

प्रकाशित: Jul 09, 2022| 07:43 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्