मंगलबार, चैत ३, २०८२

रुपन्देहीमा सिकलसेलका बिरामी बढे

जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो। स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार जिल्लामा २७ रोगी रहेका छन्।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

National life
Laxmi sunrise bank
kumari

रुपन्देही- थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या रुपन्देहीमा बढ्दै गएको छ। जिल्लामा खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा यो रोग बढ्दै गएको हो। स्वास्थ्य कार्यालय रुपन्देहीले सिकलसेल तथा थालसेमिया रोगसम्बन्धी कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार जिल्लामा २७ रोगी रहेका छन्।

जसमा महिला १८ र पुरुष नौ रहेका छन्। सबैभन्दा बढी तिलोत्तमामा पुरुष चार र महिला पाँच गरी नौ रहेका छन्। त्यसैगरी सियारीमा पुरुष एक, महिला तीन, शुद्धोधनमा पुरुष एक, महिला तीन, गैडहवामा पुरुष दुई, महिला दुई, बुटवलमा महिला तीन, ओमसतियामा महिला पुरुष एक/एक र सैनामैनामा एक महिला रहेका छन्। 

रुपन्देहीसहित लुम्बिनी प्रदेशको ६ जिल्लामा बिरामीको सङ्ख्या बढ्दै गएको छ। बर्दियामा सबैभन्दा बढी बिरामी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ। २१९ महिला र १७५ पुरुष गरी ३९४ बिरामी बर्दियामा मात्रै रहेका छन्। बाँके जिल्ला यो रोगको धेरै बिरामी रहेको आधारमा लुम्बिनी प्रदेशमा दोस्रो नम्बरमा पर्ने गर्दछ। बाँकेमा ६५ महिला र ५७ पुरुष गरी १२२ बिरामी रहेको तथ्याङ्कले देखाउँछ। दाङमा १३ महिला, १८ पुरुषसहित ३१, कपिलवस्तुमा एक, महिला र एक पुरुष गरी दुई बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ। 

प्रकाशित: Jul 08, 2022| 21:00 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्