सोमबार, साउन २५, २०८३

नयाँ नागरिकता विधेयकमा के छ? [पूर्णपाठसहित]

सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ। चार वर्षदेखि संसदले काम गरिसकेको नागरिक विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक पुनः संसदमा दर्ता गराएको हो।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- सरकारले नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरेको छ। चार वर्षदेखि संसदले काम गरिसकेको नागरिक विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक पुनः संसदमा दर्ता गराएको हो। 

नागरिकता ऐन २०६३ को दफा ५ मा अंगीकृत नागरिकताबारे व्यवस्था गरिएको छ। पछिल्लो पटक सरकारले संसदमा दर्ता गराएको विधेयकमा यो दफा संशोधन गर्न प्रस्ताव गरिएको छैन। यसको अर्थ अंगीकृतका हकमा ऐनको पुरानै व्यवस्था यथावत् रूपमा लागू गरिने भन्ने हुन्छ। यो विधेयक हालकै अवस्थामा पारित भएको खण्डमा नेपाली पुरुषसँग बिहे गर्ने महिलाले तत्कालै अंगीकृत नागरिकता पाउनेछिन्। 

यसअघि संसदले ४ वर्ष काम गरेको विधेयकका विषयमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले ७ वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्न सिफारिस सहित संसदलाई प्रतिवेदन बुझाएको थियो। 

समितिले प्रतिवेदन बुझाउँदा हाल सत्ताको नेतृत्व गरेको कांग्रेसले विरोध गरेको थियो। 

विधेयकमा संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशज नागरिकता दिन प्रस्ताव गरिएको छ।नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशज नागरिकता पाउने प्रस्तावमा उल्लेख छ। नेपालमा फेला परेर तर, बाबुआमाको ठेगान नभएको व्यक्तिलाई पनि वंशज नागरिकता दिने प्रस्तावमा उल्लेख छ। 

सार्क राष्ट्र बाहेकका देशमा बसोबास गर्ने कुनै व्यक्ति कुनै समयमा नेपाली नागरिक रहेको वा उनका बुबाआमा वा बाजेबज्यै नेपाली नागरिक भएको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई गैरआवासीय नेपाली नागरिकता दिन समेत प्रस्ताव गरिएको छ। तर उनीहरूले आर्थिक, सामाजिक र सांस्कृतिक मात्र अधिकार प्रयोग गर्न पाउनेछन्। उनीहरुलाई राजनीतिक अधिकार प्राप्त हुनेछैन। 

प्रकाशित: Jul 08, 2022| 22:50 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...