आइतबार, असार ७, २०८३

कांग्रेस उपसभापतिले भने - निर्वाचनसम्म गठबन्धन कायमै रहन्छ

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्काले वर्तमान सरकार बन्‍नुअघि संविधान,नियम कानुन सबै मिचिँदै गएपछि तत्कालीन बाध्यत्मक परिस्थितीले गर्दा वर्तमान गठबन्धन बनेको पनि उनले स्पष्ट पारेका छन्।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

पोखरा- नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्काले वर्तमान सरकार बन्‍नुअघि संविधान,नियम कानुन सबै मिचिँदै गएपछि तत्कालीन बाध्यत्मक परिस्थितीले गर्दा वर्तमान गठबन्धन बनेको पनि उनले स्पष्ट पारेका छन्। 

National life

उनले गठबन्धनको मर्म र भावनालाई बुझिदिन नेता, कार्यकर्तालाई आग्रह गर्दै राष्ट्रियता, प्रजातन्त्र र संविधान बचाउनका लागि पनि आगामी निर्वाचनसम्मै गठबन्धन गरेर जाने समे उनले बताए। 

गत स्थानीय निर्वाचनमा पार्टीका केही व्यक्तिहरुको कमीकमजोरीले गर्दा एकसय भन्दा बढी स्थानका पालिकामा पार्टीले हार ब्योहोर्नुपरेको बताउँदै उपसभापति खड्काले आगामी संसदीय निर्वाचनमा सबै कमजोर पक्षलाई समीक्षा गर्दै नेपाली कांग्रेस पार्टीलाई जिताउन केन्द्रित हुन निर्देशन दिए।

कांग्रेसमा निर्वाचनमा लड्नलाई टिकट वितरण गर्दा गुटका आधारमा नभई त्याग र योगदानलाई आधार बनाएर मुल्यांकन हुनुपर्ने जिकिर गरेका छन्। तर, त्यसका लागि आ-आफ्नो ठाउँबाट कुरा उठाउनुपर्ने उपसभापति खड्काको आग्रह थियो।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्थानीय निर्वाचनमा भएका कमजोरीलाई समिक्षा गरेर अगाडि बढ्नुपर्ने प्रष्टयाए। बैठकमा गण्डकी प्रदेशका महामन्त्रीद्वय बिष्णु लामिछाने र किरणबाबु श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने कुरामा जोड दिएका थिए। 

Shivam cement

प्रकाशित: Jul 08, 2022| 22:50 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...