बिहीबार, फागुन २१, २०८२

सिन्जो आबे : जापानी ‘जनताका राजकुमार’

जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ। जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आवे आम नागरिकका विचमा निकै लोकप्रिय नेता थिए।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

टोकियो- जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ। जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आवे आम नागरिकका विचमा निकै लोकप्रिय नेता थिए। 

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका थिए। राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गर्नु भएका लिवरल डेमोक्रेटिक पार्टीका नेता आवेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै बिदा लिनु परेको छ। 

आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट उनको निधन भएको हो। सन् १९५४ मा जन्मिनु भएका आवेको ६७ बर्षको उमेरमा निधन भएको हो। उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गर्नु भएको थियो। त्यसपछि उहाँले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए। 

राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गर्नु भएको थियो। उहाँ सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए। उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गर्नु भएको थियो। मन्त्रीपरिषद्मा भने २००५ मा उहाँले पहिलो पटक सहभागी हुने मौका पाएका थिए। 

उनी पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो। त्यतिबेला उहाँ जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए। अस्वस्थताका कारण त्यो कार्यकाल उहाँको २००७ सम्म मात्रै रह्यो। आन्द्राको समस्या देखिएपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

kumari

त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किनु भएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बनेका थिए। उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए। आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए। 

आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो। उहाँको राष्ट्रवादी धारका कारण उनी चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिएन।

राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका विचमा लोकप्रिय रहेकाले उहाँलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो। उनका बुवा शिनतारो आबे जापानको विदेश मन्त्री बन्नुभएको थियो भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए।

प्रकाशित: Jul 09, 2022| 06:00 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।