बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाजुराको बुढीगंगामा एमाले उम्मेदवारलाई ४३९ मतको आग्रता

बाजुराको बुढीगंगामा एमाले उम्मेदवारलाई ४३९ मतको आग्रता

बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनपछि जारी मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन्। 

National life

पछिल्लो अध्यावधिक मतपरिणामअनुसार मेयर पदमा एमालेका उम्मेदवारले ४३९ मतको अग्रता लिएका छन्।

नेकपा एमालेका उम्मेदवार राम बहादुर बानियाँले १ हजार ३४५ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार रंग बहादुर खाती ८८६ मतका साथ बानियाँलाई पछ्याइरहेका छन्।

उपमेयरमा नेकपा एमालेकै उम्मेदवार माया कुमारी खड‍्का(कुवँर)ले १ हजार २९० मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रिता शाहीले ९१९ मत प्राप्त गरेकी छन्। 

वडा नम्बर १ र १० को मत गणना सकिएकोमा दुवै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्। अहिले २ नम्बर वडाको मतगणना भइरहेको जनाइएको छ।

Shivam cement

प्रकाशित: Jul 09, 2022| 06:32 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।