दमौली- पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरुद्ध भएको छ।
शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो। सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको प्रहरीको भनाइ छ।