सोमबार, वैशाख २४, २०८१

चौथो लहरको पूर्वसंकेत दिँदै कोरोना फैलावट !

विभिन्न अनुसन्धानका अनुसार ओमिक्रोनको उपप्रजाति बीए फाइभ संक्रमितमा देखिने लक्षण अन्य भेरियन्टभन्दा फरक देखिएको छ। यसमा घाँटी दुख्ने, टाउको दुख्ने, सोच्ने क्षमता कम हुने, उदास हुनेलगायतका लक्षण देखिएको स्वास्थ्यविज्ञ सुनाउँछन्।
 |  शुक्रबार, असार २४, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, असार २४, २०७९

काठमाडौं– नेपालमा कोरोना महामारी संक्रमण दर क्रमशः उकालो लाग्दै गएको छ। ओमिक्रोनको नयाँ भेरियन्ट ए–फाइभका कारण पनि नेपालमा कोरोना संक्रमण दर बढ्न थालेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन्।  

triton college

शुक्रबार ९८ .जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत फागुनदेखि क्रमशः घट्दो क्रममा रहेको कोरोना संक्रमण दर असार लागेसँगै  पुनः उकालो लाग्न थालेको छ। १ प्रतिशत कममा पुगेको संक्रमण दर पछिल्लो समय ४ प्रतिशतभन्दा माथि लागेको छ। बुधबार मात्रै कुल परीक्षणको ४ प्रतिशतभन्दा धेरै संक्रमण दर पुष्टि भएको छ। शुक्रबार पनि ४.५४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

ओमिक्रोनको नयाँ उपप्रजाति बीए फाइभ पुष्टि भएसँगै सोही उपप्रजातिका कारण नेपालमा पनि संक्रमण दर बढ्न थालेको विज्ञहरू बताउँछन्। बी फाइभ पुष्टि भएसँगै विज्ञहरूले चौथो लहरको  आकलन गरेका छन्। टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका निर्देशक डा.चुमनलाल दास चौथो लहर पूर्वसन्ध्यामा रहेको आशंका गर्छन्।

बीए फाइभ हालसम्मै संक्रामक मानिएको ओमिक्रोनको नयाँ उपप्रजाति भएको विज्ञहरूले चेतावनी दिइरहेका छन्।  

पछिल्ला सातामा दैनिक संक्रमण देखिनुमा बीए फाइभ जिम्मेवार रहेको हुन सक्ने सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. दास पछिल्लो साता नेपाल–भारत नाका हुँदै आउने मानिसमा कोरोना संक्रमितको संख्या बढ्न थालेको बताउँछन्। नेपालमा संक्रमण बढ्नुमा ओमिक्रोनको उपप्रजातिको प्रभाव रहेको हुन सक्ने उनको बुझाइ छ।  

corrent noodles
Metro Mart

‘नेपालमा दुई जनामा बीए–फाइभ पुष्टि भइसकेको छ’, डा. दास भन्छन्, ‘भारतमा पनि ओमिक्रोन उपप्रजातिका संक्रमितको संख्या बढिरहेको छ। नेपालमा भारतीय नाकाबाट प्रवेश गर्ने मानिसमा पनि तुलनात्मकभन्दा बढी संक्रमण पुष्टि भइरहेको छ। त्यसैले नेपालमा संक्रमण फैलिएको हुन सक्छ।’

ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ हालसम्मकै संक्रामक रहेकाले यसले तीव्र संक्रमण सार्नसक्ने विज्ञहरू बताउँछन्।

सरुवा रोग विशेषज्ञ डा. पुन भन्छन्, ‘ओमिक्रोनको नयाँ उपप्रजातिले खोप लगाएका मानिसलाई संक्रमण गर्दैन भन्ने होइन। लगाएका मानिसलाई पनि पुनः संक्रमण गर्छ तर खोपका कारण जटिलता कम हुन सक्छ।’ विभिन्न देशमा गरिएको अनुसन्धानमा अस्पताल भर्ना हुनेको दर कम देखिएको छ तर संक्रमण दर बढ्दै जानु चौथो लहरको पूर्वसंकेत हुन सक्ने डा. पुन सुनाउँछन्।

डा. पुन थप्छन्, ‘नेपालमा डेल्टा भेरियन्ट फैलिँदा धेरै मानिसको मृत्यु भयो । तर ओमिक्रोन धेरै घातक देखिएन। डेल्टाको तुलनामा

विभिन्न अनुसन्धानका अनुसार ओमिक्रोनको उपप्रजाति बीए फाइभ संक्रमितमा देखिने लक्षण अन्य भेरियन्टभन्दा फरक देखिएको छ। यसमा घाँटी दुख्ने, टाउको दुख्ने, सोच्ने क्षमता कम हुने, उदास हुनेलगायतका लक्षण देखिएको स्वास्थ्यविज्ञ सुनाउँछन्।

ओमिक्रोनका कारण कम मानिसको मृत्यु भयो। नेपालमा तेस्रो लहर फैलिएको पनि एक बर्ष भइसकेको छ। त्यसैले मानिसमा प्रतिरोधात्मक क्षमता कम भएको हुन सक्छ। यो ओमिक्रोनभन्दा घातक हुन सक्छ, जुन अनुमान मात्रै हो।’ जति–जति कोरोनाको तथ्यांक थपिँदै जान्छ, निरन्तर रूपमा संक्रमितको ग्राफ उकालो लागे चौथो लहर भन्न सकिन्छ। तर ग्राफ उकालो लाग्दैमा अस्पतालमा भर्ना हुने दर पनि बढ्न सक्छ भन्न नसकिने पुन सुनाउँछन्।

इडीसीडीका महानिर्देशक दास भन्छन्, ‘पछिल्लो तीन दिनदेखि कोरोना झनै बढेको छ। सीमा नाकाबाट प्रवेश गर्ने मानिसमा संक्रमण दर बढेको छ। नयाँ भेरियन्ट पनि आइसकेको छ। हामीले सीमा नाकामा संक्रमण पुष्टि भएकाहरूको थप नमुना लिएर जिन सिक्वेन्सिङ गर्ने काम गरिरहेका छौं। सीमा नाकामा कडाइ गरिएको छ। अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं। ल्याबलाई तयारी अवस्थामा रहन एवं डीसीसीएमसीलाई ‘अलर्ट’ गरेका छौं। अर्कोतिर खोप पनि निरन्तर लगाइरहेका छौं।’ सीमा नाकामा दैनिक १५ बढी कोरोना संक्रमित नेपाल प्रवेश गरेको डा. दास बताउँछन्।

भारतको सीमा नाका हुँदै नेपाल प्रवेश गरिरहेकाहरूले नयाँ संक्रमणको जोखिम ल्याउन सक्ने सरकारी अधिकारीको बुझाइ छ।

यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइनसकेको डा. पुन सुनाउँछन्।  विभिन्न अनुसन्धानका अनुसार ओमिक्रोनको उपप्रजाति बीए फाइभ संक्रमितमा देखिने लक्षण अन्य भेरियन्टभन्दा केही फरक देखिएका छन्। यसमा घाँटी दुख्ने, टाउको दुख्ने, सोच्ने क्षमता कम हुने, उदास हुनेलगायतका लक्षण देखिएको छ।

यस्तो छ पछिल्लो तीन साताको संक्रमण दर

असार १–३ हजार ९०५  जनामा परीक्षण– २५ जनामा संक्रमण पुष्टि
असार २– २ हजार २६८ जनामा परीक्षण–  १६ जना संक्रमण पुष्टि
असार ३– ३ हजार ६१० परीक्षण,  ३४ जनामा संक्रमण पुष्टि
असार ४ – २ हजार २३४ जनामा परीक्षण–  २२ जना संक्रमण पुष्टि
असार ५ – २ हजार २२७ जनामा परीक्षण –  २३ जना संक्रमण पुष्टि
असार ६ – ३ हजार ९१४ जनामा परीक्षण –  २८ जनामा संक्रमण पुष्टि
असार ७– २ हजार ८१४ जनामा परीक्षण –  १९ जनामा संक्रमण पुष्टि
असार ८ – २ हजार ४२५ जनामा परीक्षण –  ३१ जनामा संक्रमण पुष्टि
असार ९ – २ हजार ४९४ जनामा परीक्षण –  ४९ जनामा संक्रमण पुष्टि
असार १० – १ हजार ८५२ जनामा परीक्षण –  ३२ जनामा संक्रमण पुष्टि
असार ११– १ हजार ८०२ जनामा परीक्षण –  २७ जनामा संक्रमण पुष्टि
असार १२ – १ हजार ७०३ जनामा परीक्षण –  २९ जनामा संक्रमण पुष्टि
असार १३ – ३ हजार ३५८ जनामा परीक्षण –  ४१ जनामा संक्रमण पुष्टि
असार १४ – २ हजार ७९८ जनामा परीक्षण –  ४४ जनामा संक्रमण पुष्टि
असार १५ – १ हजार ६२० जनामा परीक्षण –  ६२ जनामा संक्रमण पुष्टि 
असार १६ – २ हजार ६९८ जनामा परीक्षण –  ५५ जनामा संक्रमण पुष्टि
असार १७ – २ हजार ८१४ जनामा परीक्षण –  ५० जनामा संक्रमण पुष्टि
असार १८ – २ हजार ४६७ जनामा परीक्षण –  ४४ जनामा संक्रमण पुष्टि
असार १९ – २ हजार १२० जनामा परीक्षण –  ५५ जनामा संक्रमण पुष्टि
असार २० – ३ हजार १० जनामा परीक्षण –  ४० जनामा संक्रमण पुष्टि
असार २१ – ३ हजार ११२ जनामा परीक्षण –  ९० जनामा संक्रमण पुष्टि
असार २२ – २ हजार ७२४ जनामा परीक्षण –  ११३  जनामा संक्रमण पुष्टि
असार २३ – ३ हजार ५३५ जनामा परीक्षण –  ७८ जनामा संक्रमण पुष्टि
असार २४ – २ हजार १५४ जनामा परीक्षण –  ९८ जनामा संक्रमण पुष्टि
स्रोतः स्वास्थ्य मन्त्रालय

प्रकाशित: Jul 08, 2022| 22:34 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्