सुनचाँदी बजारमा बुधवार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेर ९४ हजार ३०० रूपैयाँ कायम भएको छ।
सरकारले बजेटमार्फत चारपांग्रे सवारी साधन उत्पादन वा एसेम्बल गर्ने उद्योगलाई ५० प्रतिशतसम्म अन्तःशुल्क छुटको व्यवस्था गरेपछि धमाधम लगानीको प्रतिबद्धता आउँदै छ।
उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिए।
३२ वर्षीय टिपर चालक ज्ञानबहादुर नेपालीले चन्द्रागिरि नगरपालिका-७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८/७९ मा १२ अर्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिए।