सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुर महानगरद्वारा सामुदायिक विद्यालयलाई बस वितरण

भरतपुर महानगरद्वारा सामुदायिक विद्यालयलाई बस वितरण

वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराइएको हो।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

चितवन- भरतपुर महानगरपालिकाले दुई सामुदायिक विद्यालयलाई बस वितरण गरेको छ। वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराइएको हो।

National life

महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न पाँच विद्यालयलाई बस उपलब्ध गराएको थियो। प्रति बसको मूल्य रु २१ लाख ४५ हजार रहेको छ। विद्यालयबाट टाढा रहेका विद्यार्थीका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शिक्षाको स्तर उकास्न महानगर लागिपरेको बताइन्। उनले महानगरको शिक्षा क्षेत्रमा आफूले सोचेको भन्दा बढी विकास भएको बताइन्। उनले भने, 'विगत पाँच वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको छ।'

सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि महानगरले विभिन्न कार्यक्रम गरी सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउन काम गरिरहेको छ। दाहालले भनिन्, 'पाँच वर्षमा सामुदायिक विद्यालयमा सात हजार विद्यार्थी बढेका छन्।'

विद्यालयमा आधुनिक भवन निर्माण, छात्रालाई साइकल वितरण, विद्यालयलाई बस, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरणलगायत गरेको उनको भनाइ छ। महानगरपालिकाले 'एक वडा, एक नमूना विद्यालय' निर्माणको लक्ष्य लिएको छ।   -रासस

प्रकाशित: Jul 13, 2022| 09:53 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।