काठमाडौं- संघीय राजधानी काठमाडौंमै टिपरभित्र एक महिला बलात्कृत भएकी छन्।
३२ वर्षीय टिपर चालक ज्ञानबहादुर नेपालीले चन्द्रागिरि नगरपालिका-७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
डिपो जाने बाटोमा पार्किङ गरी राखेको रा१ख २७३४ नम्बरको टिपरभित्र महिलालाई जबरजस्ती करणी गरेको खुल्न आएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए।
दोलखाबाट काठमाडौं आएको उक्त टिपरमा चालक नेपालीले गौशालाबाट एक महिलालाई राखेर थानकोट ल्याएको थिए।
थानकोटस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले पीडित महिलाको उद्धार गरी उपचारका लागि प्रसूति गृहमा पठाएको छ।
चालक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका नेपालीलाई मुलुकी फौजदारीसंहिता २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको जनाइएको छ।