आइतबार, असार ७, २०८३

बागमती प्रदेशसभा बैठक बस्दै, एमाले सांसद् भने उपस्थित नहुने

बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ। प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- बागमती प्रदेशसभा बैठक आज बस्ने भएको छ। प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।

National life

गत असार १६ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित गरे लगत्तै अनिश्चित कालका लागि स्थगित गरिएको प्रदेशसभाको चालु १०औं अधिवेशनको २५ औं बैठक आज बस्ने भएको हो। 

आजको प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न समितिमा रहेका विधेयकमाथि दफावार छलफल भई प्रतिवेदन तयार भएका उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

संसद‍्मा संशोधनका लागि पेश भएका केही प्रदेश ऐन संशोधन विद्येयक–२०७९ माथि छलफल हुने कार्यसूची समेत रहेको छ। सचिवालयले बैठकमा सहभागि हुन सबै सांसदहरूलाई सूचना जारी गरिसकेको जनाएको छ ।

तर, आजको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अधिकांश सांसद अनुपस्थित हुने भएका छन्। 

Shivam cement

पूर्व निर्धारित कार्यतालिका अनुसार पार्टीको आन्तरिक कार्यक्रम र बैठक राखिएकाले प्रदेश सभाको बैठकमा एमालेका सांसद अनुपस्थित हुने भएका हुन्।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले दलको बैठकमा उपस्थित हुनुपर्ने भएकाले अधिकांश सांसद हाउसमा उपस्थित हुन नसक्ने जानकारी दिए।

प्रदेशसभा सदस्य एवं नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले पार्टीको बैठक राखिएकै दिन सभामुखले संसद् बैठक आह्वान गरेकाले समय प्रतिकुल भएको र अधिकांश सांसद संसद्‍मा उपस्थित हुन नसक्ने बताए।

एमालेले असारमा बैठक नराख्न आग्रह गर्दै साउन २ गतेका लागि बैठकको मिति प्रस्ताव गरेको उनले बताए।

प्रकाशित: Jul 13, 2022| 09:17 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...