मसुरिया- कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप तीन जना घाइते भएका छन्।
गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरमा मंगलबार राती साढे नौ बजेतिर सु.प.प्र.०१-००९ प.७८९१ र से.७ प.११४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा से.७ प.११४७ नम्बरको मोटरसाइकलका चालक राम अवतार कठरियाको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो।
सोहि मोटरसाइकलमा सवार कैलारी-८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। अर्का घाइते रोशन कठरियाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ।
दुर्घटनामा सु.प.प्र.०१-००९ प.७८९१ नम्बर मोटरसाइकल चालक गौरीगङ्गा ९ शंकरपुरका २७ वर्षीय रमेश चौधरी घाइते भएका छन्। चौधरीको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको छ।