बुधबार, कात्तिक १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भौतिक पूर्वाधार विकासमा बागमती प्रदेशको ६१ प्रतिशत मात्र खर्च

भौतिक पूर्वाधार विकासमा बागमती प्रदेशको ६१ प्रतिशत मात्र खर्च

पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८/७९ मा १२ अर्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिए।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

मकवानपुर- बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ। निर्देशनालयले सात अर्ब ४२ करोड ७१ लाख खर्च गरेको छ।

Kumaribank

पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि  चालु आव २०७८/७९ मा १२ अर्ब  १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका  सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिए।

चालु आवमा प्रदेशको यातायात पूर्वाधार  निर्देशनालयले सबैभन्दा बढी ८८.६१ प्रतिशत खर्च गरेको छ। निर्देशनालयका लागि चालु आवमा ५५ करोड ७९ लाख विनियोजन गरेकामा ४९ करोड ४४ लाख खर्च भएको छ। 

निर्देशनालयअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय चितवनले ४९.८४ प्रतिशत, पूर्वाधार विकास कार्यालय ललितपुरले ५७.४८, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले ५३.९६, पूर्वाधार विकास कार्यालय रामेछापले ५४.९९, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६०.८५,  प्रादेशिक  सडक डिभिजन कार्यालय धादिङले ५७.१४ र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८.२१ प्रतिशत खर्च गरेको बताइएको छ।

यसैबीच यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले हेटौँडा उपमहानगरपालिका–११ र १२ जोड्ने राप्ती खोलामा रु २७  करोड ४६ लाखको लागतमा पक्की पुल निमार्ण गरेको छ।

Metro Mart

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलद्वारा शिलान्यास गरिएको सो पुल २१५ मिटर लामो छ। सो निर्देशनालयका निर्देशक सहदेव भण्डारीले प्रदेश सरकार गठन भएदेखि  हालसम्म ७१  पुल निर्माण भइसकेका छन्। हाल ३० पुल निर्माणाधीन अवस्थामा छन्। 

प्रकाशित: Jul 13, 2022| 09:15 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।