आइतबार, असार ७, २०८३

गभर्नर अधिकारीका विषयमा छानबिन गर्न सांसदको माग

एमालेको अर्थ तथा योजना विभाग सदस्यमा गभर्नर अधिकारी मनोनयन भएको समाचार प्रकाशित भएपछि संसद्मा यो विषयले प्रवेश पाएको हो।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा संसद्मा सांसदहरूले प्रश्न उठान गरेका छन्। नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्यमा गभर्नर अधिकारी मनोनयन भएको समाचार प्रकाशित भएपछि संसद्मा यो विषयले प्रवेश पाएको हो।

National life

एमालेले खोटाङ घर भएका एम अधिकारीलाई विभागको सदस्यमा राखेको सूची सार्वजनिक गरेको थियो। गभर्नर अधिकारीले भने यसलाई अस्वीकारेका छन्।

महाप्रसाद अधिकारी यसअघि पनि सुरेन्द्र पाण्डे अध्यक्ष रहेका बेला सोही विभागको सदस्य थिए। तत्कालीन समय महाप्रसाद अधिकारी, खोटाङ भनेर सदस्यमा नाम राखिएको थियो। अहिले महाप्रसादको स्थानमा एम अधिकारी भनिएको छ।

राष्ट्र बैंकका गर्भनर अधिकारी एमालेको आर्थिक सल्लाकार समितिमा बसेको भन्दै संसद्मा सांसदहरूले यसबारे छानबिनको माग गरेका छन्। 

बुधबारको प्रतिनिधिसभामा कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको सल्लाकार समितिमा बस्न मिल्छ भन्दै प्रश्न गरे। 

Shivam cement

‘एम अधिकारीको नाममा एमालेको आर्थिक विभागमा सल्लाकारमा गभर्नर अधिकारी बस्नु गम्भीर विषय हो,’ उनले भने।

यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले एम अधिकारीको नाममा गर्भनर अधिकारी पार्टीको सल्लाकार समितिमा बसेको भन्दै छानबिन गर्न माग गरिन्। 

सोही पार्टीकी सांसद अञ्जना विशंखेले सञ्चार माध्यममा गभर्नर कुनै पार्टीको सल्लाहकार समितिमा बसेको समाचार आएकाले सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताइन्।

उनले राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनीतिक दलको सदस्य वा पदाधिकारीका रूपमा नियुक्त हुन नहुने उल्लेख भएको सुनाइन्।

प्रकाशित: Jul 13, 2022| 12:11 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...