शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युतीय सवारी एसेम्बल प्लान्ट खोल्न दुई महिनामै चीनद्वारा ९५ करोडको लगानी प्रतिबद्धता

विद्युतीय सवारी एसेम्बल प्लान्ट खोल्न दुई महिनामै चीनद्वारा ९५ करोडको लगानी प्रतिबद्धता

सरकारले बजेटमार्फत चारपांग्रे सवारी साधन उत्पादन वा एसेम्बल गर्ने उद्योगलाई ५० प्रतिशतसम्म अन्तःशुल्क छुटको व्यवस्था गरेपछि धमाधम लगानीको प्रतिबद्धता आउँदै छ।
 |  बुधबार, असार २९, २०७९

भीमा पन्थी

भीमा पन्थी

बुधबार, असार २९, २०७९

काठमाडौैं–  नेपालमा विद्युतीय सवारी एसेम्बल प्लान्ट सञ्चालनका लागि चीनले अर्बौंको लगानी प्रतिबद्धता जनाएको छ। उद्योग विभागका अनुसार पछिल्लो दुई महिना (जेठ र असार)मा मात्रै ९५ करोड बराबरको लगानी प्रतिबद्धता भएको हो। 

triton college

एसेम्बल उद्योग सञ्चालनका लागि पछिल्लो दुई महिनामा चार पटक लगानीको प्रतिबद्धता चीनबाट मात्रै भएको छ। नयाँ वर्ष सुरु भएयता चीनले पहिलो पटक जेठ १० गते २५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेको थियो। 

चीनले साना उद्योगअन्तर्गत रहेर काभ्रेमा उद्योग सञ्चालन गर्ने प्रतिबद्धता गरेको हो। प्रतिबद्धताअनुसार उद्योगले वार्षिक ५ सय केभिए विद्युत खपत गरी वार्षिक ८५ जनालाई रोजगारी दिने छ। चिनियाँ उद्योगले दुईपांग्रे इलेक्ट्रिक स्कुटी ३ हजार ५ सय थान र तीनपांग्रे रिक्सा ३ हजार थान उत्पादन गर्ने छन्। 

दोस्रो पटक जेठ १३ गते मात्रै पुनः विद्युतीय स्कुटी र रिक्सा एसेम्बल गर्ने उद्योगका लागि सोही रकम(२५ करोड) बराबरकै लगानी प्रतिबद्धता भएको छ। ३ हजार ५ सय थान इलेक्ट्रिक स्कुटर र ३ हजार थान रिक्सा एसेम्बल गर्ने गरी एसेम्बल प्लान्टका लागि लगानी प्रतिबद्धता भएको हो। काठमाडौंमा उद्योग सञ्चालन हुने गरी गरिएको यो लगानी प्रतिबद्धतामा पनि ५ सय केभिए विद्युत खपत गरी वार्षिक ८५ जनाले रोजगारी पाउनेछन्। 

पछिल्लो पटक चीनले असार १२ गते मात्रै वार्षिक ५ हजार थान विद्युतीय स्कुटर र २ हजार ५ सय थान तीनपांग्रे ई–रिक्सा एसेम्बल गर्ने गरी प्लान्टका लागि उद्योग विभागमा २५ करोडको लगानी प्रतिबद्धता गरेको छ । 

corrent noodles
Metro Mart

पछिल्लो पटक (जेठ १३ गते) एसेम्बल उद्योगमा चीनले लगानी प्रतिबद्धता गरेको दुई दिनपछि सरकारले नयाँ आर्थिक वर्षको लागि बजेट संसदमा पेस गर्‍यो। उक्त बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षमा नेपालमा ई–रिक्सा र विद्युतीय मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने उद्योगमा प्रयोग गर्ने कच्चा पदार्थ वा पाटपूर्जामा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिदियो। 

चीनले पुनः रिक्सा र स्कुटी एसेम्बल प्लान्टका लागि २२ करोड बराबरको लागनी प्रतिबद्धता गर्‍यो। जेठ २३ गते चीनले ललितपुरमा उद्योग सञ्चालन गर्ने गरी उक्त लगानी बराबरको प्रतिबद्धता गरेको हो। प्रतिबद्धता अनुसार उक्त उद्योगले ४ सय केभिए विद्युतको खपतमा वार्षिक ८३ जनालाई रोजगार दिनेछ। दुई पांग्रे स्कुटी ३ हजार ५ सय र तीनपांग्रे रिक्सा ३ हजार थान एसेम्बल गर्नेछ। 

पछिल्लो पटक चीनले असार १२ गते मात्रै वार्षिक ५ हजार थान विद्युतीय स्कुटर र २ हजार ५ सय थान तीनपांग्रे ई–रिक्सा एसेम्बल गर्ने गरी प्लान्टका लागि उद्योग विभागमा २५ करोडको लगानी प्रतिबद्धता गरेको छ । 

यो एसेम्बल प्लान्ट ललितपुरमा स्थापना हुने छ। यसले ५ सय केभिए विद्युत खपत गरी वार्षिक १ सय १३ जनालाई रोजगारी दिने बताइएको छ। 

पछिल्लो समय नेपालमा सवारी एसेम्बलका लागि आवश्यक कच्चा पदार्थको भन्सार र अन्त:शुल्कमा सरकारले छुट दिएपछि स्वदेशी व्यावसायिक घरानाहरुले पनि सवारी एसेम्बल प्लान्टमा हात हाल्ने तयारी गरेका छन्। 

सरकारले बजेटमार्फत चारपांग्रे सवारी साधन उत्पादन वा एसेम्बल गर्ने उद्योगलाई ५० प्रतिशतसम्म अन्तःशुल्क छुटको व्यवस्था गरिदिएको छ। सवारी साधन उत्पादनका लागि चाहिने पाटपूर्जा वा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्तःशुल्क छुट दिएको छ। 

चारपांग्रे विद्युतीय सवारी साधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेपछि त्यस्ता उद्योगले कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म ४० प्रतिशत आयकर छुट दिने व्यवस्थासमेत सरकारले गरेको छ।

प्रकाशित: Jul 13, 2022| 11:20 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्