सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसदमा खगराज अधिकारीको आरोप- हतियार खरिदमा अर्बौंको चलखेल भइरहेको छ

संसदमा खगराज अधिकारीको आरोप- हतियार खरिदमा अर्बौंको चलखेल भइरहेको छ

प्रहरीका लागि हतियार खरिदमा कमिसनको चलखेल हुन लागेको भन्दै एमालेले संसदमा बिरोध गरेको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- प्रहरीका लागि हतियार खरिदमा कमिसनको चलखेल हुन लागेको भन्दै एमालेले संसदमा बिरोध गरेको छ। 

बुधबार प्रतिनिधि सभा बैठकमा एमाले सांसद खगराज अधिकारीले ग्लोबल टेन्डर नगरीकन इटलीको बदनाम कम्पनी बेरेटामार्फत हतियार खरिद गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्। 

'सरकारले नाइम एमएम पेस्तोल खरिद गर्न लागेको छ। १ हजार १ सय ५० सट गन खरिद गर्दैछ। २५ सय थान अश्रु ग्याँसको गोलीकठ्ठा सरकारले खरिद गर्दैछ। कुनै पनि ग्लोबल टेन्डर नगरिकन, कुनै पनि सुरक्षा अध्ययन नगरीकन खरिद गर्दैछ,’ उनले भने।

उनले १२ बोरको छर्रा हान्ने बन्दुक किन्न नहुने बताएका छन्। मानव अधिकारको हिसावले पनि सो हतियार किन्न नहुने उनको तर्क छ। 

'यो कसका लागि, कमिसनका लागि या जनताको जीउधनको सुरक्षाका लागि? जनताको जीउधनको सुरक्षा जनताको छातीमा छर्रा हानेर हुन सक्दैन। सुरक्षाविदहरुले समेत छर्रा हुने हतियार खरिद गर्न नहुने र छर्रा हान्न पाइँदैन भनेका छन्। हामी मानव अधिकारको सम्मान गर्ने मुलुकमा पर्छौ, यस्तो ठाउँमा अर्ब भन्दा बढीको कमिसनको खेल भइरहेको छ,' उनले भने।

प्रकाशित: Jul 13, 2022| 12:26 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...