सोमबार, साउन २५, २०८३

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन एमालेको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ। 

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले सांसद शिवमाया तुम्बाहाम्फेले विधेयक फिर्ता लिन माग गरेकी हुन्। उनले सभामुख अग्निप्रसाद सापकोटा आफैंले गैरसंवैधानिक भनिएको  विधेयक माथि छलफल गर्न नमिल्ने बताएकी हुन्। 

हिजो ओली सरकारले अध्यादेश ल्याउँदा गैरसंवैधानिक भयो भनेर अदालत गएको र त्यो मुद्दा विचाराधीन रहेको उनको भनाइ छ। ‘सर्वोच्चमा विचाराधीन रहेको विषय, जसलाई गैरसंवैधानिक भन्छौं भने गैरसंवैधानिक विषयमा संसद‍्मा छलफल गर्न मिल्छ?,’ उनले भनिन्। 

सभामुख आफूहरूको पहिलो नम्बरको नेता भएको भन्दै तुम्बाहाम्फेले भनिन्, ‘सम्माननीय सभामुखज्यू, यहाँ हाम्रो नेता हो। नेताले आफ्नो संस्थाभित्र आएको विषय हेर्ने कि नहेर्ने?’ सभामुखले संविधान कानुन अनुसार दायित्व पूरा गर्ने विश्वास रहेको उनले बताइन् ।

प्रकाशित: Jul 13, 2022| 12:05 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...