काठमाडौं- सुनचाँदी बजारमा बुधवार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेर ९४ हजार ३०० रूपैयाँ कायम भएको छ।
सुन अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रूपैयाँ तोकिएको महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेर एक हजार १७० तोकिएको महासंघले जनाएको छ।