सोमबार, साउन २५, २०८३

गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

नेकपा माओवादी केन्द्रले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले अधिकारी माथि छानबिन गर्न माग गरेकी हुन्। अधिकारी एमालेको अर्थ विभागमा बसेको र यो राष्ट्र बैंकको ऐन विपरीत भएको भएको उनको भनाइ छ। उनले भनिन्, ‘राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माग गर्छु।’

एमालेको अर्थ विभागमा एम अधिकारी, खोटाङ  समावेश छ। एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ।

प्रकाशित: Jul 13, 2022| 11:56 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...