आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेटमा करका दर हेरफेर प्रकरण : अर्थ मन्त्रालयसँग सूचना माग्दै समिति

बजेटमा करका दर हेरफेर प्रकरण : अर्थ मन्त्रालयसँग सूचना माग्दै समिति

समितिले घटनासँग सम्बन्धित विवरण र कागजात माग्न अर्थ मन्त्रालयलाई पत्र पठाउन लागेको हो।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं– बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसद्को संसदीय विशेष समितिले बुधबार अर्थ मन्त्रालयसँग सम्बन्धित कागजात र विवरण माग्ने भएको छ। 

National life

समितिले घटनासँग सम्बन्धित विवरण र कागजात माग्न अर्थ मन्त्रालयलाई पत्र पठाउन लागेको हो। संसदीय विशेष समितिको मंगलबारको बैठकले अर्थसँग बुधबार सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको थियो। 

घटनाबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक सिंहदरबारस्थित संसद्को अर्थ समितिको सभाकक्षमा दिउँसो साढे २ बजे बोलाइएको छ। बैठकले समिति सभापति चयन गर्नेछ।

गत साता बुधबार बसेको प्रतिनिधिसभा बैठकले तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन गर्न समिति गठन गरेको थियो। समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीबाट सरलाकुमारी यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन्। समिति गठन भएलगत्तै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित: Jul 13, 2022| 12:29 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्