बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीबाट छिटै हट्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियन (ईयू)ले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालोसूचीबाट हटाउने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा

बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

नेपाल प्रहरीका १३ एसपीको सरुवा

गृह मन्त्रालयले नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ। सरुवासँगै चार जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

साओमीको रेड्मी १०ए स्मार्टफोन नेपाली बजारमा

शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ। ६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको यस फोनले ग्राहकलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान हुने कम्पनीले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

भारतलाई यो वर्ष १६ अर्बको बिजुली बेच्छौं : कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो आर्थिक वर्षमा भारतलाई १६ अर्ब रुपैयाँको बिजुली बिक्री गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

युक्रेन मामलामा २४ घण्टा नबित्दै बोलेको कांग्रेस म्यानमार घटनामा किन मौन?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नेता महेश आचार्यले सामाजिक सञ्जालमार्फत विरोध जनाए। तर, आफूलाई प्रजातन्त्रवादी भन्ने नेपाली कांग्रेस पार्टीले भने यो विषयमा झण्डै एक साता बित्न लाग्दा पनि...
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

कोभिड अपडेट : ६२० जना संक्रमित थपिए, एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ६२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जना संक्रमितको मृत्‍यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

पर्वतमा एकै आर्थिक वर्षमा बने १४ वटा झोलुंगे पुल

नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/०७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

सफाइ पाएपछि जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा बिचौलियालाई करका दर हेरफेर गर्न संलग्न गराएको आरोप लागेर छानबिन समिति बनेपछि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। समितले शर्मालाई सफाइ दिएपछि पुन: अर्थमन्त्रीमा नियुक्त...
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

खोला मात्र ओगट्ने विद्युत कम्पनीको लाइसेन्स खारेज हुन्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी...
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

बाइडेन-सी वार्तापछि पेलोसीको भ्रमण तालिकाबाट हट्यो ताइवान

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङको वार्तापछि अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमण तालिबाट ताइवानलाई हटाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

सकियो महानगर मेयर सम्मेलन : छुट्टै ऐन बनाइदिन माग, संघले सहयोग नगरेको दुखेसो

७ बुँदे पोखरा घोषणापत्र जारी गरेको सम्मेलनका सहभागीले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

५५ अंक बढ्यो नेप्से, बिमाको सेयरमा झुम्मिए लगानीकर्ता

साताको पहिलो दिन आइतबार पुँजीबजार सूचक नेप्से ५४.५८ अंकले बढेको छ। आइतबार बजारले २१९५.१० बिन्दुमा चुमेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

आरक्षण पटकपटकका लागि होइन : सर्वोच्च [फैसलाको पूर्णपाठ]

संविधानत: आरक्षणको वर्गमा पर्ने तर व्यक्तिगत उन्नति प्रगति गरिसकेका कारण आरक्षण नचाहिने उपल्लो वर्ग/तरमारा मध्यम वर्गको कब्जाबाट आरक्षणसम्बन्धी व्यवस्थालाई मुक्त गर्नु जरुरी रहेको फैसलाको पूर्णपाठमा भनिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

राष्ट्रपतिले नियुक्त गरिन् ब्राजिलका लागि राजदूत

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा निर्मलराज काफ्लेलाई नियुक्त गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

कर्मचारीलाई साढे ४ करोड बोनस बाँड्दै प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारीहरूलाई ४ करोड ४२ लाख रुपैयाँ बोनस रकम बाँड्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

चोरीका सामान किन्ने व्यक्ति पक्राउ, चोर खोज्दै प्रहरी

चोरीका सामान किन्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक सुनिलकुमार जैसवाललाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापाको कन्काई नगरपालिका वडा नम्बर-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा

ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९