शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५५ अंक बढ्यो नेप्से, बिमाको सेयरमा झुम्मिए लगानीकर्ता

५५ अंक बढ्यो नेप्से, बिमाको सेयरमा झुम्मिए लगानीकर्ता

साताको पहिलो दिन आइतबार पुँजीबजार सूचक नेप्से ५४.५८ अंकले बढेको छ। आइतबार बजारले २१९५.१० बिन्दुमा चुमेको हो।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- साताको पहिलो दिन आइतबार पुँजीबजार सूचक नेप्से ५४.५८ अंकले बढेको छ। आइतबार बजारले २१९५.१० बिन्दुमा चुमेको हो। आइतबार मात्र ४ अर्ब ६० करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

नेपाल इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। एनएलजी इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सको सेयर मूल्य पनि १० प्रतिशत बढेको छ। 

आइतबार २२० कम्पनीको सयर ६७ हजार ७४० पटक कारोबार भएको थियो। १२ प्रतिशत गुडविल फाइनान्स डिबेन्चर २०८३ सबैभन्दा बढी करिब ४ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ।  


प्रकाशित: Jul 31, 2022| 15:28 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्