शनिबार, असोज १०, २०८३

भारतलाई यो वर्ष १६ अर्बको बिजुली बेच्छौं : कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो आर्थिक वर्षमा भारतलाई १६ अर्ब रुपैयाँको बिजुली बिक्री गर्ने बताएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो आर्थिक वर्षमा भारतलाई १६ अर्ब रुपैयाँको बिजुली बिक्री गर्ने बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको विद्युत व्यापारमा पहुँचसम्बन्धी कार्यक्रममा उनले गत वर्ष ५ अर्बको बिजुली बिक्री गरेको जानकारी दिँदै यस वर्ष १६ अर्बको बिक्री गर्ने बताएका हुन्।

उनले विद्युत प्राधिकरणले बल्ल आम्दानी गर्न थालेको भन्दै निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन नसकिने स्पष्ट पारे। उनले भने, ‘विद्युत व्यापारमा भारतबाट राम्रै मूल्य आएको छ, प्राधिकरणले केही कमाइरहेको छ। पछिल्लो एक वर्षमा ५ अर्बको निर्यात गरेका छौं। यो वर्ष प्राधिकरणले करिब १६ अर्बको विद्युत निर्यात गर्छ।' 

कार्यकारी निर्देशक घिसिङले उद्योगमा सामान्य समस्या हुँदा पनि ठूलो मुद्दा बनाउने काम भइरहेको भन्दै असन्तुष्टि जनाए। उद्योगहरुले मागेजति विद्युत दिन प्राधिकरण तयार रहेको भन्दै घिसिङले त्यसका लागि प्रशारण लाइन र सबस्टेसनमा लगानी बढाइरहेको बताए। उनले विद्युतीय सवारीसाधन चलाउँदा एक किलोमिटरमा एक रुपैयाँ पनि खर्च नहुने तर पेट्रोल-डिजेलमा २० रुपैयाँ भाडा रहेको भन्दै विद्युतीय सवारी धेरै किफायती भएको दाबी गरे।

प्रकाशित: Jul 31, 2022| 16:55 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्