आइतबार, जेठ ३१, २०८३

राष्ट्रपतिले नियुक्त गरिन् ब्राजिलका लागि राजदूत

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा निर्मलराज काफ्लेलाई नियुक्त गरेकी छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा निर्मलराज काफ्लेलाई नियुक्त गरेकी छन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। काफ्लेलाई ब्राजिका लागि राजदूतमा नियुक्त गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो।

यसअघि साउन ११ गते मात्र राष्ट्रपतिले जापानका लागि डा दुर्गाबहादुर सुवेदी, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका र डा शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि राजदूत पदमा शपथ गराएकी थिइन्। यस्तै मिलनराज तुलाधरलाई रुस र प्रा डा रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत पदमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन्।

प्रकाशित: Jul 31, 2022| 14:37 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...