शनिबार, जेठ ३०, २०८३

बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा

बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ। बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताको चौथो संस्करणका लागि कथा आह्वान गरेको हो।

National life

प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ। १२खरी बुक्सले विगत चार वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा प्राप्त हुने कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा छनोट गरी निर्णायक मण्डललाई उपलब्ध गराउनेछ। तीमध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा–२०७९’ पुस्तकका लागि २५ कथा छान्नेछन्। त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। यो वर्ष साहित्यकार तथा समालोचक प्रा. डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा रहेको जनाइएको छ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिने र संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ। प्रतियोगितामा भाग लिन इच्छुक कथाकारले आफ्नो कथा आउँदो भदौ १४ गतेभित्र पठाइ सक्नुपर्नेछ। कथा प्रतियोगिताको नतिजा आउँदो असोज ३० गते आइतबार एक विशेष समारोहका बीच सार्वजनिक गरिने जनाइएको छ। सोही दिन ‘उत्कृष्ट कथा–२०७९’ को लोकार्पण पनि गरिने १२खरी बुक्सले जानकारी गराएको छ।

प्रकाशित: Jul 31, 2022| 17:40 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।