आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चोरीका सामान किन्ने व्यक्ति पक्राउ, चोर खोज्दै प्रहरी

चोरीका सामान किन्ने व्यक्ति पक्राउ, चोर खोज्दै प्रहरी

चोरीका सामान किन्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक सुनिलकुमार जैसवाललाई पक्राउ गरेको हो।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- चोरीका सामान किन्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक सुनिलकुमार जैसवाललाई पक्राउ गरेको हो।

National life

भारतको मोतहारी जिल्लाका जैसवाल ललितपुरस्थित बालकुमारीमा कवाड पसलका सञ्चालक हुन्। चोरीको भन्ने जानेरै ती सामान खरिद गरेको कसूरमा उनलाई पक्राउ गरिएको कार्यालय प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

उनकाअनुसार जैसवालको साथबाट १२१ तोला चाँदी र ९ ग्राम सुनका गहना, ३ वटा टेलिभिजन, २/२ वटा कम्प्युटर र मोबाइल, चरेसका भाँडाकुडा, पानी तान्ने मेसिन, खुकुरी, घडीलगायतका सामान नियन्त्रणमा लिइएको छ।

गत ९ जेठमा बुद्धनगरस्थित रोशन भण्डारीको डेराबाट मोबाइल र ल्यापटप चोरी भएको घटनाको अनुसन्धानका क्रममा जैसवाल पक्राउ परेका हुन्। ‘प्रारम्भिक अनुसन्धानका क्रममा ती सामान कवाडी उठाउने व्यक्तिबाट खरिद गरेको बुझिएको छ,’ उनले भने, ‘चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको छ।’

जैसवाललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको छ।

प्रकाशित: Jul 31, 2022| 14:19 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।