शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीबाट छिटै हट्छ : मन्त्री श्रेष्ठ

नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीबाट छिटै हट्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियन (ईयू)ले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालोसूचीबाट हटाउने बताएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपियन युनियन (ईयू)ले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालोसूचीबाट हटाउने बताएका छन्। 

आइतबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणले आयोजना गरेको ‘आर्थिक वर्ष ०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रम’मा मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालोसूचीबाट हटाउने बताएका हुन्। आईकाओले गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्र राम्रो रहेको उनको भनाइ थियो। सम्बन्धित पक्षले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछौँ भनिसकेको उल्लेख गर्दै उनले त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताए।  

मन्त्री श्रेष्ठले भैरहवा विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरिने पनि बताए।  त्यसका लागि नयाँ विमानहरूलाई आकर्षित गर्ने र सुविधाहरू दिइने उनको भनाइ छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि जहाजहरू बढाएर पूर्ण रूपमा सञ्चालन गरिने उनले बताए। 

प्रकाशित: Jul 31, 2022| 17:53 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्