आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा

ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९
National life
Shivam cement

काठमाडौं– ग्लोबल आइएमई बैंकले लमजुङको मध्यनेपाल नगरपालिका–३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

मुलुकभित्र र बाहिर बैंकिङ सेवा पुर्याउने उद्देश्य लिएको ग्लोबल आइएमईले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी एकाइबाट सेवा प्रदान गरिरहेको छ।

प्रकाशित: Jul 31, 2022| 14:11 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्