शनिबार, जेठ ३०, २०८३

साओमीको रेड्मी १०ए स्मार्टफोन नेपाली बजारमा

शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ। ६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको यस फोनले ग्राहकलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान हुने कम्पनीले बताएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ। ६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको यस फोनले ग्राहकलाई मनपर्ने कन्टेन्ट हेर्नको लागि राम्रो अनुभव प्रदान हुने कम्पनीले बताएको छ।

National life

अन्य ईन्ट्री–लेभल स्मार्ट फोनको तुलनामा यसमा भएको थ्रीडी–कर्भ्ड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्नुका साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउने कम्पनीले बताएको छ।

यसमा रहेको १३ एमपि मेन क्यामेरा र दुई एमपिको देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरूलाई सोचे जस्तै फोटो खिच्न मद्दत गर्छ। मिडियाटेक हेलियो जी२५ चिपसेट रहेको यस फोनमा १० वाटको फास्ट चार्जिङ सहित पाँच हजार एमएएच ब्याट्री छ।

यो फोन बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू तीन वटा रङहरूमा उपलब्ध छ। यो फोन २ जिबीं३२ जिबी र ३ जिबीं६४ जिबी स्टोरेज भेरियन्टमा आउने र यसको मूल्य क्रमशः १३ हजार ९९९ रुपैयाँ र १५ हजार ९९९ रुपैयाँ कायम गरिएको छ।

प्रकाशित: Jul 31, 2022| 17:00 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्