काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारीहरूलाई ४ करोड ४२ लाख रुपैयाँ बोनस रकम बाँड्ने घोषणा गरेको छ। चालु आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै प्राधिकरणले उक्त प्रस्ताव गरेको हो।
चालु आवका लागि प्राधिकरणले ४१ अर्ब ४५ करोड रूपैयाँ बराबरको बजेटसमेत सार्वजनिक गरेको छ। साउन ८ गते पोखरामा बसेको सञ्चालक समितिको बैठकले पास गरेको बजेट प्राधिकरणले आइतबार सार्वजनिक गरेहो हो।