बुधबार, असार ३, २०८३

सफाइ पाएपछि जनार्दन शर्मा पुन: अर्थमन्त्री नियुक्त

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा बिचौलियालाई करका दर हेरफेर गर्न संलग्न गराएको आरोप लागेर छानबिन समिति बनेपछि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। समितले शर्मालाई सफाइ दिएपछि पुन: अर्थमन्त्रीमा नियुक्त भएका हुन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। 

National life

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा बिचौलियालाई करका दर हेरफेर गर्न संलग्न गराएको आरोप लागेर छानबिन समिति बनेपछि उनले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। समितले शर्मालाई सफाइ दिएपछि पुन: अर्थमन्त्रीमा नियुक्त भएका हुन्। 

जनार्दनलाई नै अर्थमा दोहोर्‍याउने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतबार नै भेटवार्ता गरेका थिए। 

२५ दिनपछि अर्थमै फर्काइएका शर्मालाई आइतबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ दिलाउने तयारी गरीएको छ।

प्रकाशित: Jul 31, 2022| 16:11 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...