बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाइडेन-सी वार्तापछि पेलोसीको भ्रमण तालिकाबाट हट्यो ताइवान

बाइडेन-सी वार्तापछि पेलोसीको भ्रमण तालिकाबाट हट्यो ताइवान

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङको वार्तापछि अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमण तालिबाट ताइवानलाई हटाइएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

न्युयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङको वार्तापछि अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमण तालिबाट ताइवानलाई हटाइएको छ। साउन १३ गते दुवै देशका समकक्षीको भिडियो कन्फ्रेन्सपछि पेलोसीको भ्रमणतालिकाबाट ताइवानलाई हटाइएको हो। 

पेलोसी अर्को साता एसिया भ्रमणमा गर्दैछिन्। उनले सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापानमा अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भ्रमणतालिकामा उल्लेख छ। यसअघि उनले यो भ्रमणका क्रममा ताइवान भ्रमण गर्न सक्ने चर्चा थियो। यसैलाई लिएर चीन र अमेरिकाबीचको तनाव फेरि बढेको थियो।

चीनले अमेरिकालाई न्यान्सी पेलोसीले ताइवानको यात्रा गरेमा अमेरिकाले नोक्सान व्यहोर्ने चेतावनीसमेत दिएको थियो। विगत २५ वर्षमा कुनै पनि उच्चस्तरीय निर्वाचित नेताले ताइवान भ्रमण गरेका छैनन्। यदि पेलोसीले ताइवान भ्रमण गरेको भए उनी १९९७ पछि त्यसो गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी नेता बन्ने थिइन्। चीनले स्वशासित ताइवानलाई आफ्नै प्रान्तको रूपमा हेर्छ। चीनले ताइवानलाई आफ्नो देशको एक हिस्सा हुनुपर्छ भन्ने विश्वास गर्दछ।

बाइडेन र सीबीच बिहीबार दुई घण्टा लामो टेलिफोन वार्ता भएको थियो। सी जिनपिङले बाइडेनलाई ‘एक चीन’ नीति अपनाउन आग्रह गरेका थिए। 

प्रकाशित: Jul 31, 2022| 15:53 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।