कैलालीका धेरै पालिका साक्षर पालिका घोषणा भइसकेका छन्। पालिका साक्षर घोषणा भए पनि पालिकाभित्र लेखपढ गर्न नजान्नेको पढ्न, लेख्न सिक्ने धोको पूरा भएको छैन।
भारतीय मूलका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा शुक्रबार साँझ आक्रमण भएको छ। आक्रमणमा परेका रुस्दीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पनौती नगरपालिकाले मोतियाविन्दु रोग लागेका स्थानीयको उपचार निःशुल्क गरिदिने भएको छ। नगरले यसका लागि बनेपास्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलाइसिस मेसिन दाङ पठायो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन्।
मानन्धरले तेस्रो दक्षिण एसियाली खेलकुदअन्तर्गत कोलकातामा २ घन्टा १५ मिनेट लगाएर पूरा गरेको रेकर्ड हालसम्म कुनै पनि नेपाली खेलाडीले ब्रेक गर्न सकेका छैनन्।