काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट रहेको शेखर कोइराला समूह छुट्टै भेला बोलाएको छ।
देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाउँदै शेखर समूहले छुट्टै बैठक बोलाएको हो। देउवाको एकलौटी निर्णयविरुद्ध आफ्नो समूहको रणनीति बनाउन कोइरालाले भेला बोलाएको बताइएको छ।
आज दिउँसो बस्ने बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यलाई बोलाएका छन्।
सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटेका छैनन्। यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षको आरोप छ।