आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लेखक सलमान रुस्दीमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

लेखक सलमान रुस्दीमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

भारतीय मूलका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा आक्रमण भएको छ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- भारतीय मूलका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा आक्रमण भएको छ।  

National life

शुक्रबार चौतक्वा इन्स्टिच्युसले आयोजना गरेको कार्यक्रममा बोलिरहेको बेला बुकर पुरस्कार विजेता रुस्दीमाथि आक्रमण भएको बीबीसीले जनाएको छ।

उनको घाँटीमा छुरा हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ। उनको भेन्टिलेटरमा उपचार चलिरहेको र बोल्न नसक्ने अवस्था रहेको अस्पताललाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणकारीलाई प्रहरीले पक्राउ परेको छ। ती आक्रमणकारीको परिचय भने खुलाइएको छैन।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट चर्चित भएका हुन्। ७५ वर्षीय रुस्दीले अहिलेसम्म चार वटा पुस्तक लेखेका छन्। सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत हुनुपरेको थियो।

पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गरी उनको टाउकोको मूल्य ३० लाख अमेरिकी डलर तोकिएको थियो।

प्रकाशित: Aug 13, 2022| 06:55 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।