शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भदौ ५ गतेदेखि ५० जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

भदौ ५ गतेदेखि ५० जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

सरकारले भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको छ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- सरकारले भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको हो। मन्त्रालयले भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिने जनाएको छ। 

मन्त्रालयका अनुसार प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेहथुम र उदयपुरमा खोप दिइने भएको छ। 

त्यसैगरी, मधेश प्रदेशका बारा रौतहट, सर्लाही र बागमती प्रदेशका रामेछाप, दोलाख, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोकमा खोप लगाइने भएको छ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुनेछ। 

लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम छन् भने कर्णली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट छन्। 

सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ। कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यलय वा विद्यालयमा सम्पर्क गरेर खोप लगाउन मन्त्रालयले आग्रह गरेको  छ।

प्रकाशित: Aug 13, 2022| 09:38 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।