शनिबार, जेठ २, २०८३

लेखक सलमान रुस्दीको भेन्टिलेटरमा उपचार हुँदै

भारतीय मूलका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा शुक्रबार साँझ आक्रमण भएको छ। आक्रमणमा परेका रुस्दीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- भारतीय मूलका लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा शुक्रबार साँझ आक्रमण भएको छ। आक्रमणमा परेका रुस्दीको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

National life

न्युयोर्क राज्य प्रहरीले छुरा प्रहारको पुष्टि गर्दै उनलाई हेलिकप्टरबाट क्षेत्रीय अस्पताल लगिएको बताएको छ। रुस्दीको अवस्था गम्भीर रहेको र उनलाई आवश्यक हेरचाह गरिएको गभर्नर क्याथी होचुलले बताइन्।

उनको भेन्टिलेटरमा उपचार चलिरहेको र बोल्न नसक्ने अवस्था रहेको अस्पताललाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणकारीलाई प्रहरीले पक्राउ परेको छ।

उनको घाँटीमा छुरा हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिएको प्राप्त विवरणमा जनाइएको छ। सामाजिक सञ्जालमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए। आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए।

सन् १९८८ मा प्रकाशित द सैटानिक भर्सेस लेखेपछि रुस्दीलाई इस्लामवादीहरूले ज्यान मार्ने धम्की दिएका थिए। 

प्रहरीले न्यु जर्सीको फेयरभ्युबाट २४ वर्षीय हादी माटर नाम गरेका एकजना संदिग्धलाई पक्राउ गरेको न्यूयोर्क पुलिसले बताएको छ।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट चर्चित भएका हुन्। ७५ वर्षीय रुस्दीले अहिलेसम्म चार वटा पुस्तक लेखेका छन्। सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत हुनुपरेको थियो।

पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गरी उनको टाउकोको मूल्य ३० लाख अमेरिकी डलर तोकिएको थियो।

प्रकाशित: Aug 13, 2022| 08:44 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।