आइतबार, जेठ ३, २०८३

डायलाइसिस मेसिन आयो, जडान भएन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलाइसिस मेसिन दाङ पठायो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन्।
 |  शनिबार, साउन २८, २०७९

रासस

रासस

शनिबार, साउन २८, २०७९

दाङ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलाइसिस मेसिन दाङ पठायो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आइसकेका छन्। 

National life

साउन १३ गते डायलाइसिस मेसिन आएकोमा जडानको काम अगाडि बढेको छैन। जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलाइसिस प्रमुख लीना बडेलले बताइन्।

मेसिन आएपनि अन्य सामग्री नआएको उनले बताइन्।  रगत सफा गर्ने उपकरण आउनुपर्ने उनको भनाइ थियो। 'मेसिन त आए, तर अन्य सामग्री आउनुपर्छ', उनले भनिन्, 'प्राविधिक आउनुपर्छ, प्राविधिक नआउँदासम्म जडानको काम अघि बढ्दैन।'

अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलाइसिस मेसिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन्। थप आठ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने उनले बताइन्। 

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन्। पाँच मेसिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशानदाजु भट्टराईले बताए। 

उनका अनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ। अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ। अहिले करिब ४० बिरामी उपचारको प्रतिक्षामा छन्। उनीहरुलाई पनि सेवा दिन सकिन्छ। लमही रोटरी क्लबको पहलमा डायलाइसिस सेन्टर सञ्चालनमा छ। त्यहाँ अहिले ३० बिरामीले सेवा लिइरहेका छन्।

प्रकाशित: Aug 13, 2022| 07:18 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।