मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • लिपुलेकबारे भारतले भन्यो- 'लिपुलेक पासमाथि नेपालको दाबी स्वीकार्य छैन'

लिपुलेकबारे भारतले भन्यो- 'लिपुलेक पासमाथि नेपालको दाबी स्वीकार्य छैन'

 |  बिहीबार, भदौ ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ५, २०८२

काठमाडौं- भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो। दशकौँदेखि निरन्तर चलिरहेको छ। यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी कृत्रिम रूपमा भूभाग बढाएर दाबी गर्नु स्वीकार्य हुँदैन’

बुधबार नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको बताएको थियो।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन गएका बेला लिपुलेक नाका खोल्ने सहमति भएको थियो। त्यसबेला पनि नेपालले कूटनीतिक नोट पठाएर दुवै देशसँग आपत्ति व्यक्त गरेको थियो।

प्रकाशित: Aug 21, 2025| 07:57 बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्