शनिबार, वैशाख १२, २०८३

शिक्षकहरूको ९५ प्रतिशत माग पूरा गरेको शिक्षामन्त्रीको दाबी

 |  बिहीबार, भदौ ५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ५, २०८२

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकप्रति सकरात्मक प्रतिक्रिया पाएको भन्दै यसले शिक्षकहरुको ९५ प्रतिशत माग पूरा गरेको बताएका छन्। 

National life

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकहरुका ९५ प्रतिशत माग पुरा गर्न सफल भएको बताएका हुन्। 

उनले भने, ‘विधेयक हामीले चाहेजस्तो भएन भनेर असन्टुष्टि राख्ने ठाउँ कसैको छैन। विधेयकमा आएका प्रतिक्रियाहरु सकारात्मक छ। हामीले गर्न सक्ने शिक्षक साथीहरुले ९५ प्रतिशत माग पूरा भएको छ। मन्त्रालयका साथीहरु निरन्तर संवादमा हुनुहुन्छ।’

उनले शतप्रतिशत माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएको भन्दै कतिपय संशोधन राष्ट्रिय सभामा पनि राख्न सक्ने समेत बताए। 

उनले अहिलेको पाठ्यक्रम पुरानो भएको भन्दै सबै पाठ्यक्रमको समिक्षा गर्नुपर्ने बताए।

kumari

प्रकाशित: Aug 21, 2025| 18:35 बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्