शनिबार, जेठ २, २०८३

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

National life

धनगढी- धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका-७ जाखोर ताल नजिक मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो। 

धनगढी ८ बस्ने १६ वर्षीय आयुष चौधरीले चलाएको प्रदेश २–०३–०१८प७२७३ नम्बरको  मोटसाइकलले पैदय यात्री टीकापुर नगरपालिका १ बस्ने २३ वर्षीया शारदा चौधरीलाई ठक्कर दिँदा चालक आयुष, पछाडि सवार सुशिल चौधरी र पैदल यात्री शारदा घाइते भएको प्रहरीले बताएको छ। 

तीनै जनाको अवस्था सामान्य रहेको र उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

प्रकाशित: Aug 13, 2022| 07:49 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।