शनिबार, जेठ २, २०८३

वीरगञ्जमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

वीरगञ्ज महानगरपालिका-१५ भेडियाही टासफर्ममा गए राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

पर्सा- वीरगञ्ज महानगरपालिका-१५ भेडियाही टासफर्ममा गए राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

National life

घाइते हुनेमा चालक वीरगञ्ज महानगरपालिका-१६ नगवाका २४ वर्षीय रितिक पटेल र पछाडि सवार सोही स्थानका २५ वर्षीय फिरोज मियाँ रहेका छन्।

दुवै घाइतेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये पटेलको अवस्था भने गम्भीर रहेको छ।

बाराबाट भेडियाहीतर्फ आँउदै गरेको ना६३प ६५१८ नम्बरको मोटरसाइकल गए राति साढे १२ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो।

प्रकाशित: Aug 13, 2022| 10:42 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।