काठमाडौं- इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ। मुग्लिन नजिकैको इच्छाकामना गाउँपालिका-५ स्थित नाग्दी खोलाबाट शनिबार बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो।
दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले बताए।
इटाको टुक्रा देखिएको तर नम्बर खुल्न नसकेको उनले जानकारी दिए। के कति क्षति भयो विवरण आउन बाँकी रहेको र घटना स्थलमा टोली गई सकेको उनले बताए।