शनिबार, मंसिर ६, २०८२

टाइसन फुरी बक्सिङबाट टाढा रहने

विश्व बक्सिङका महान् खेलाडी टाइसन फुरी बक्सिङबाट टाढा रहने भएका छन्। उनले लामो समयको पर्खाइपछि बक्सिङबाट टाढा रहने निर्णय गरेको पनि बताएका छन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- विश्व बक्सिङका महान् खेलाडी टाइसन फुरी बक्सिङबाट टाढा रहने भएका छन्। उनले लामो समयको पर्खाइपछि बक्सिङबाट टाढा रहने निर्णय गरेको पनि बताएका छन्। उनले अब आफू बक्सिङबाट संन्यास लिन चाहेको पनि बताएका छन्।

National life

डब्लु बिसीमा अहिलेसम्मका अपराजित हेभिवेटतर्फका ३४ वर्षे च्याम्पियनले अब संन्यास लिने बताएका हुन्। उनले गएको अप्रिलमा डिलियन ह्वाइटसँग अन्तिम पटक खेलेका थिए।

तर गएको मंगललबार उनलाई आफ्ना साथी डेरेक चिसोराले ट्रिलोगी फाइटका लागि स्वीकार गर्नका लागि अनुरोध गरेका छन्। तर उनले पछिल्लो अप्रिलमा भने एन्थोनी जोसुवासँग फाइट गर्ने बताएका थिए। तर केही अवस्थाहरू मिलेको अवस्थामा मात्र उनले फाइट गर्ने बताइएको थियो।

‘मेरो ३४औं जन्मदिनमा म आफैंलाई शुभ यात्रा भन्न चाहन्छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

‘सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, जसले मेरो धेरै वर्षको क्यारियरमा सहयोग गरेका थिए। लामो वार्तालापपछि मैले मैले अन्तिममा यसबाट अघि बढ्ने निधो गरेका छु,’ उनले लेखेका छन्। फुरी अप्रिलमा विजेता भएपछि उनले आउँदो दिनमा के गर्लान् भन्ने आशंका गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 13, 2022| 10:03 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।